Blogger templates

Pages

Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks

10 Mar 2014

लैङ्गिक भेदभाव

लैङ्गिक भेदभाव विश्वभरी नै एउटा बढ्दो समस्याको रुपमा देखापरेको छ । एउटा लिङ्गद्वारा विपरीत लिङ्गमाथि भेदभाव भैरहेको छ । जसले एउटा गम्भिर प्रश्न खडा गरेको छ कि यसलाई कसरी रोक्न सकिन्छ ? यदि हामीले समयमा नै यसप्रति सजगता अपनाएर सहकार्य गरि हाम्रो देशमा यस्ता घिनलाग्दा कार्यलाई रोक्न सकिन्छ । 

8 Mar 2014

बालबिबाह अझै पनि कायमै

सुनको औंठीसँग बेहुलीको तुलना

२०७० फागुन २५ गते
विश्वभरी नारी दिवसको मनार्इँदै गदौ नेपालको मोरङ्ग जिल्लामा जन्ती लिएर आएका बेहुलाले सुनको ओंठीसँग बेहुलीको तुलना गरी बेहुली लिएर जान अस्वीकार गरेका छन् भनि आजको अन्नपूर्णपोष्टमा खबर छ । बाजागाजासहित शुक्रबार भारतको बिहार राज्यबाट आएका २३ वर्षीय राजकुमार दासले ससुराली पक्षले सुनको औंठी नदिएको भन्दै उर्लाबारी–३ की १९ वर्षीय संगीता दासलाई लैजान अस्वीकार गरेका हुन् ।

26 Feb 2014

कलियुगको विष सेवनले केही हुँदैन

शुक्राचार्यको शक्ति प्राप्तिले दैत्यराज बलिको राज्यमा दैत्य, असुर तथा दानव अति प्रबल भएका र त्यही बेला देवराज इन्द्र दुर्वासा ऋषिको श्रापले शक्तिहीन भएका थिए भने दैत्यहरुको राज तिनै लोकमा भएको थियो । यसबाट स्वर्गका राजा इन्द्रदेव सहित सम्पूर्ण देवगण त्यसबाट एकदमै भयभित भएका थिए । यस किसिमको समस्या समाधानको लागि केवल विष्णु नै सक्षम भएको भनि सम्पूर्ण देवगणमा छलफल चल्यो र ब्रम्हासहित सम्पूर्ण देवगण विष्णु भगवान् कहाँ पुगेर स्तुति गर्दै विष्णुलाई आफ्ना सम्पूर्ण समस्याको कथन गरे । तब भगवान् विष्णुले मधुर वाणीमा भन्नुभयो कि यस समय तपाइहरुको लागि संकटकाल छ । दैत्य, दानव, असुरहरुको उन्नति भैरहेको छ र तपाईहरुको अवनति हुँदैछ । त्यसैले यो संकटकाललाई मैत्रीपूर्ण भावले व्यतीत गर्नुपर्दछ । तपाईहरु दैत्यहरुसँग मित्रता गर्नुहओस् अनि क्षीर सागरमा मन्थन गरेर त्यसबाट अमृत निकालेर सेवन गर्नुहोस् । दैत्यको सहायताले यहो कार्य सहजै सफल हुन्छ । यस कार्यको लागि दैत्यहरुको हरेक शर्तहरु मान्नुहोस् र अन्त्यमा आफ्ना् काम सम्पन्न गर्नुहोस् । यसरी अमृत पिएपछि तपाईहरु अमर हुनुहुनेछ अनि तपाईहरुमा दैत्यलाई मार्नको लागि सामथ्र्य पैदा हुन्छ ।

14 Feb 2014

नेपाली शिक्षाको सार तत्व

न्युन स्तरको सरकारी शिक्षा र गुणस्तरीय शिक्षामा सर्वसाधारणको पहुँच यी दुइ असमानता नै नेपालका शैक्षिक क्षेत्रले  भोगिरहेका  दुई मुख्य समस्याहरु हुन् । यो समस्या समाधान गर्नको लागि एकिकृत रुपमा एकै दृष्टिकोण भएको सूचना, सञ्चार तथा प्रविधिमा आधारित मूल आधारका शिक्षा पद्धति लागु गर्नुपर्ने हुन्छ । उच्च शिक्षा हासिल गर्न चाहने विभिन्न भौगोलिक स्थिति र आर्थिक स्थिति भएका विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई पनि यसमा समेट्न सकोस् । त्यस्तै कितावलाई मात्र

Blogger news